LightBlog

Tuesday, June 16, 2020

भारत र चीनबीच गलवान उपत्यकामा झडप, तीन भारतीय सैनिकको मृत्यु


लामो समयदेखि भारत र चीनबीच चलिरहेको विवादले उग्र रुप लिएको छ। सोमबार राती भारतीय र चिनियाँ सेनाबिच झडप भएको छ। लद्याक सीमामा भएको सो झडपमा भारतका तीन सैनिकको निधन भएको छ।

गलवान उपत्यकामा गएराती दुई राष्ट्रका सेनाबिच भएको छलफलपछि अवस्था सामान्य रहेको थियो। भारतीय सेनाको आधिकारीक विज्ञप्तीमा भनिएको छ, 'सोमबार राती गलवान उपत्यकामा विद्रोहको प्रकृयाको क्रममा भारत र चीनका सैनिकहरुबीच हिंसात्मक झडप भएको थियो। सो समयमा भारतीय सेनाका एक अफिसर र दुई सिपाहीहरु शहीद भएका छन्। दुई देशका वरिष्ठ सैन्य अधिकारीहरुबीच वृहत छलफल भइरहेको छ।'

चीनले भने भारतीय सैनिकले दुईपटक सीमा पार गरेकाले झडप भएको बताएको छ । चिनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानका अनुसार चिनियाँ सैनिकमाथि आक्रमण भएकाले झडप भएको बताएका छन् । यद्यपी चीनले हालसम्म चीनका सैनिकतर्फ भएको क्षतिकाबारेमा जानकारी दिएको छैन ।

No comments:

Post a Comment

Adbox